काठमाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महिलाहरुलाई लक्षित गर्दै हरितालिका तीज २०७९ र भदौ महिनामा पर्ने विभिन्न पर्वका अवसरमा लकर सेवा शुल्कमा आकर्षक छुटहरुको योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत बैंकले भदौ महिनाभरि लकर शुल्कमा ७० प्रतिशत र लकर की डिपोजिटमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ। यस्ता छुटको सुविधा ग्राहकले सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने जुनसुकै शाखाहरुबाट पनि प्राप्त गर्न सक्नेछन्।
यो सुविधाबापत ग्राहकले आफ्ना अमूल्य गरगहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाणपत्रहरु जस्तै– राहदानी र अन्य मूल्यवान वस्तु सहज र सुपत शूल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्नेछन्। यसका साथै ग्राहकको सहजताका लागि बैंकले निस्शुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवाहरु धेरै पहिलेदेखि नै प्रदान गर्दै आइरहेको छ।
बैंकले देशैभरि फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १४ लाख ४६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।
प्रतिक्रिया