राष्ट्र बैंकले जारी गर्‍यो चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, कहिलेदेखि लागु हुने ? (पूर्णपाठसहित)

३ बर्ष अगाडि

काठमाडौं, नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ जारी गरेको छ। 

आउँदो कात्तिक १ गतेदेखि लागू हुने गरी केन्द्रीय बैंकले यो मार्गदर्शन जारी गरेको हो। मार्गदर्शन लागू भएसँगै सोहीअनुसार गर्न गराउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन पनि दिएको छ। 

इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालूपुँजी प्रकृतिका कर्जाको सीमा निर्धारण तथा अनुगमन प्रक्रिया संस्थापिच्छे फरक फरक हुँदा विविधतामात्र नभई चालु पुँजी कर्जाको लागि ऋणीको क्षमताको विश्लेषण त्रुटीपूर्ण र कमजोर हुने गरेको र निरीक्षण तथा सुपरिवेक्षणको क्रममा यस्ता कर्जाको सदुपयोगिता यकिन गर्नसमेत कठिन हुने गरेकोले चालु पुँजी कर्जाको सीमा निर्धारण तथा अनुगमन कार्यको मूलभूत विषयमा एकरुपता कायम गर्नु, कर्जा स्वीकृति प्रक्रिया एवं कर्जाको उपयोगलाई पारदर्शी बनाउनु र कर्जा सदुपयोगिता यकिन गर्न सकिने आधारभूत पद्धति विकास गर्नु मार्गदर्शनको उद्देश्य रहेको केन्द्रीय बैंकले जनाएको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया