साताको तेस्रो कारोबारको दिन( मंगलबार) शेयरबजार भिmनो अंकले बढेको छ । अघिल्लो दिन ७ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १.८१ अंकले बढेर २०५४.९५ विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सामान्य सुधार देखिएपनि शेयर कारोबार रकम भने घटेको छ । हिजो १ अर्ब ७२ करोडमाथिको कारोबार भएको नेप्सेमा ४० लाख ३१ हजार २५ कित्ता शेयर खरिदबिक्री हुदाँ एक अर्ब ३३ करोड माथिको मात्रै कारोबार भएको छ ।
यस दिन कारोबार रकम पनि सुस्ताएको छ। मंगलबार दिनभरीको कारोबारमा १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँ बराबरको ४० लाख ३१ हजार २५ कित्ता शेयर कारोबार भएको छ।
मंगलबार रुरु जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने मन्दाकिनी हाइड्रोपावरको ९.९९ प्रतिशत, अपरहेवाखोला हाइड्रोपावरको ९.९७ प्रतिशत र हिमालयन बैंकको ३.१६ प्रतिशतले बढेको छ।
यता सामलिङ्ग हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३.९३ प्रतिशतले घटेको छ भने विन लघुवित्तको ३.५५ प्रतिशत, दोर्दी हाइड्रोपावरको २.८० प्रतिशत, हिमालयन पावर पार्टनरको २.६३ प्रतिशत र बुधभूमी हाइड्रोपावरको २.३१ प्रतिशतले घटेको छ।
मंगलबार हिमाल दोलखा हाइड्रोपावरको सबैभन्दा धेरै १४ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने रिडि हाइड्रोपावरको ७ करोड ६५ लाख, अपि पावरको ५ करोड ४५ लाख, शिवम् सिमेन्टको ४ करोड ३७ लाख र प्राइम बैंकको ४ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
मंगलबार कारोबारमा आएका १३ उपसमूहमा ६ उपसमूहको सूचक सकारात्मक छ भने ६ उपसमूहको नकारात्मक छ। लगानी उपसमूहको सूचक भने स्थिर छ।
प्रतिक्रिया