हिमाल दोलखासहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीले कतिको कारोबार गरे ?

३ बर्ष अगाडि

साताको तेस्रो कारोबारको दिन( मंगलबार) शेयरबजार भिmनो अंकले  बढेको छ । अघिल्लो दिन ७ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १.८१ अंकले बढेर २०५४.९५ विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सामान्य सुधार देखिएपनि शेयर कारोबार रकम भने घटेको छ । हिजो १ अर्ब ७२ करोडमाथिको कारोबार भएको नेप्सेमा ४० लाख ३१ हजार २५ कित्ता शेयर खरिदबिक्री हुदाँ एक अर्ब ३३ करोड माथिको मात्रै कारोबार भएको छ । 

सो रकम बराबरको कारोबार हुँदा हिमाल दोलखा हाइड्रोपावरको शेयर किनबेच भएको छ । कम्पनीको आज एकैदिन १४ करोड माथिको कारोबार भएको छ ।

त्यस्तै, रिडी हाइड्रोपावरको ७ करोड ६५ लाख, अपि पावरको ५ करोड ४५ लाख, शिवम् सिमेन्ट्सको ४ करोड ३७ लाख र एनआइसी एशिया लघुवित्तको प्रोमोटर शेयर ४ करोड २७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया