प्रि ओपन सेसनमा नेप्सेमा झिनो अंकको वृद्धि,जम्मा ४१२ कित्ता शेयर खरिदबिक्री

३ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो कारोबारको दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ७.४१ अंक घटेर २०५३.१३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२२ अंक बढेर २०५३.३५ विन्दुमा पुगेको छ।  

मंगलबार प्रि ओपन सेसनमा १६ स्टकको १ लाख ७२ हजार ३५९ रुपैयाँ ८० पैसा बराबरको ४१२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० स्टकको मूल्य बढेको छ भने बाँकी ६ स्टकको मूल्य घटेको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया