नागरिक लगानी कोषले २७ औं वार्षिक साधारण सभा हिजो सम्पन्न भएको छ । कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा साधारण सभा िसम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७७/७८को आम्दानी बाँडफाँड हिसाब बिवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.५७८९ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ।
त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। योसँगै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ।
सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा थापाले कोषले सञ्चालन गरिरहेको सरकारी, गैरसरकारी एवं निजी प्रतिष्ठामा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूति सहितको बचत कार्यक्रमले समेटने धारणा राखे। उनले कोषले संकलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजनाहरु, पूर्वाधार विकास तथा उत्पादनमूलक क्षेत्रहरु, सहभागीहलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटीहरु एवं पुँजीबजारका विकास गरी लगानी विविधिकरण गरी प्रतिफल अभिबृद्ध गर्न सकिने अवसरहरुका बारेमा जोड दिए।
थापाले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दे समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानीको विविधीकरण गर्दे उत्पादनशील क्षेत्रमा लगानी गरी कोषलाई नाफामूलक बनाउने प्रतिबद्धता व्यक्त गरे।
आर्थिक बर्ष २०७८–७९ को असार मसान्त सम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब १७ अर्ब ३२ करोड २२ लाख रुपैयाँ पुगेको छ। उक्त अवधिमा कोषले १ खर्व ९४ अर्ब ९२ करोड लगानी गरेको छ।
यस्तै, सभामा सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालकमा अशोक बुढाथोकी निर्विरोध निर्वाचित भएका छन्।
प्रतिक्रिया