समायोजनपछि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को कतिमा खुल्दै कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को मूल्य समायोजन भएको छ। प्रतिफल वितरण प्रयोजनार्थ स्किमले बुकक्लोज गरेसँगै नेप्सेले इकाईमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले स्किमको १० प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात स्किमको मूल्य ८ रुपैयाँ ८३ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा स्किमको मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार, स्किमको इकाई ९ रुपैयाँ ८३ पैसामा अन्तिम कारोबार भएको थियो।

यहि समायोजित मूल्यको आधारमा यस दिन दोस्रो बजारमा स्किमको कारोबार खुल्नेछ।

३ बर्ष अगाडि

प्रतिक्रिया