ङादी ग्रुप पावरको १ करोड कित्ता हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन

३ बर्ष अगाडि

काठमाडौं- ङादी ग्रुप पावर लिमिटेडका हकप्रद शेयरमा आवेदन दिने आज (भदौ ७ गते) अन्तिम दिन रहेको छ। 

कम्पनीले साउन १८ गतेबाट आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गरेको थियो। कम्पनीले १ः१.५ अर्थात १५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ। 

यो हकप्रदमा आज बैंकिङसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।  

लगानीकर्ताले मेरो शेयरबाट अनलाइन आवेदन दिन पाउनेछन्। धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, सिद्धार्थ क्यापिटलको कार्यालय र सिद्धार्थ बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी र सुर्खेतबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीले हकप्रद निष्कासनका लागि गत असार १९ गते एक दिन बुक क्लोज गरेको थियो। यसको अर्थ असार १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य भएका छन्। 

३ बर्ष अगाडि

प्रतिक्रिया