काठमाडौं- नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई नबिल जेन अल्फाको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।
नबिल जेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिका र अभिभावकलाई लक्षित गरी ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित प्रोडक्ट हो। अभिभावकले यस एपमार्फत आफ्ना बालबालिकाका लागि दैनिक कार्यहरु सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन्। बालबालिकाले पनि दिइएको कार्य सम्पादनपछि अंक कमाउन सक्छन् र त्यही अंक लिंक गरिएकोे खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ।
यो प्रोडक्टमार्फत बालबालिकालाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ।
बैंकले रेग्मीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गर्न पाउँदा खुसी व्यक्त गरेको छ। रेग्मीले महामारीको समयमा सर्जिकल मास्क वितरण गरेर ८ वर्षको उमेरमा सामाजिक कार्यको थालनी गरेकी थिइन्। पोखराको बिरौटाका स्थायी बासिन्दा ९ वर्षीया रेग्मीले भर्खरै दुबईमा न्यिदब िऋजष्मि एचयमष्नथ ब्धबचमक द्दण्द्दद्द जितेकी छन्।
‘नबिल जेन अल्फा बालबालिकालाई मार्गदर्शन गर्न, उत्प्रेरित र प्रोत्साहित गर्र्न ल्याइएको एपमा आधारित नेपालकै पहिलो डिजिटल प्रोडक्ट हो’, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘प्रेन्सा एक समाजसेवी तथा हाम्रो लक्षित समूहलाई प्रतिनिधित्व गर्ने प्रेरणादायी पात्र भएकोले हामीले उहाँलाई यो प्रोडक्टका लागि सही फिट पाएका छौँ।’
यो प्रोडक्ट प्राविधिक ज्ञान भएका नयाँ पुस्ताका बालबालिकालाई लक्षित गरी ल्याएको ढुंगानाले बताए। ‘हामीले एउटा एप विकास गरेका छौँ, जहाँ बालबालिकाले आफ्ना अभिभावकले तोकेको काममा अंक कमाउन सक्छन्। यसरी बच्चाहरुले घरको काम र जीवन सीपहरु सिक्दै आफ्नो लिंक गरिएको खातामा पैसा कमाउन सक्छन्’, उनले भने।
प्रतिक्रिया