आज पनि शेयर बजारमा गिरावट, कारोबार रकम समेत घट्यो

३ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबारको दिन (सोमबार) पनि शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । अघिल्लो दिन ७.७४ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ७.३८ अंकले घट्न पुगेको छ ।

नेप्से घटेसँगै आज शेयरबजारमा रकम पनि घटेको छ । हिजो २ अर्ब माथिको कारोबार भएको नेप्सेमा आज ५२ लाख ३० हजार ७६३ कित्ता खरिदबिक्री हुदाँ एक अर्ब ७२ करोडमाथिको कारोबार भएको छ । 

नेप्से ओरालो लागेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन अपर हेवाखोला हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन सामलिङ्ग पावरको शेयरमूल्य ५.६६ प्रतिशत बढेको छ भने हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य ४.०३ प्रतिशत बढेको छ।

यस दिन दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ५.२४ प्रतिशत बढेको छ। त्यसैगरी, श्वेतगंगा हाइड्रोपावरको शेयरमूल्य ४.१५ प्रतिशत र तारागाउँ रिजेन्सी होटलको ३.८९ प्रतिशत घटेको छ।

सोमबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२० प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०५ प्रतिशत घटेको छ। त्यस्तै, विकास बैंकको ०.६० प्रतिशत, जलविद्युतको ०.६८ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.६३ प्रतिशत, निर्जीवन बीमाको ०.५७ प्रतिशत र अन्यको ०.६६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड १८ लाख ७१ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन रिडी हाइड्रोपावर र प्राइम कमर्सियल बैंकको ८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया