हिमाल दोलखासहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीले कतिको कारोबार गरे ?

३ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) पनि शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । अघिल्लो दिन ७(७४ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ७.३८ अंकले घट्न पुगेको छ ।

नेप्से घटेसँगै आज शेयरबजारमा रकम पनि घटेको छ । हिजो २ अर्ब माथिको कारोबार भएको नेप्सेमा आज ५२ लाख ३० हजार ७६३ कित्ता खरिदबिक्री हुदाँ एक अर्ब ७२ करोडमाथिको कारोबार भएको छ । 

सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक हिमाल दोलखा हाइड्रोपावरको २८ करोड १८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, रिडी हाइड्रोपावरको ८ करोड ५० लाख, प्राइम कमर्सियल बैंकको ८ करोड ४० लाख, शिवम् सिमेन्ट्सको ५ करोड ५३ लाख रुपैयाँ र अपि पावरको ५ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया