काठमाडौं - आजबाट एनएमबि बैंकको संस्थापक समूहको ६६ हजार भन्दा बढी कित्ता सेयर बिक्रीमा आएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल ६६ हजार ६३० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
जसमा फागुको ५२ हजार ३०५ कित्ता र शर्माको १४ हजार ३२५ कित्ता छन् । बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र बोलपत्र पेस गर्न सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन पेस गर्नुपर्ने बैंकले जनाएको छ।
यो अवधिमा विद्यमान संस्थापकहरुका खरिदका लागि निवेदन नपरेमा उक्त सेयर योग्य जोसुकै लगानीकर्ता तथा संघसंस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया