भदौ महिनाभित्र १० वटा प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई लाइसेन्स दिइने

३ बर्ष अगाडि

काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले यही भदौ महिनाभित्र १० वटा प्राइभेट इक्विटी र भेन्चर क्यापिटल ९पीईभीसी०लाई लाइसेन्स (अनुमतिपत्र) प्रदान गर्ने बताएका छन् । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजबाट आयोजना गरेको दुईदिने ‘पोसिबिलिटी अफ फाइनान्सियल डेरिभेटिभ इन नेपाली क्यापिटल मार्केट वर्कसप’लाई सम्बोधन गर्दै अध्यक्ष हमालले पीईभीसी सञ्चालन गर्ने विषयमा पनि सेबोन निकै गम्भीर रहेको बताएका हुन् । 

उने भने,  ‘हिजोमात्रै सेबोनको बोर्ड बैठकले दोस्रो प्राइमेट इक्विटीलाई अनुमतिपत्र दिने निर्णय गरेको छ । यही भदौभित्र १० वटा पीईभीसीलाई लाइसेन्स दिन्छौँ ।’ 


 

३ बर्ष अगाडि

प्रतिक्रिया