प्रि ओपन सेसन : झिनो अंकले बढ्यो नेप्से परिसूचक, ५८८ कित्ता शेयर खरिदबिक्री

३ बर्ष अगाडि

काठमाडौं - आज सोमबार साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेको छ ।

अघिल्लो कारोबारको दिन आइतबार ७.७२ अंक घटेर २०६०.५५ विन्दुमा बन्द भएको नेप्से आज उक्त सेसनमा ०.४८ अंक बढेर २०६१.०३ विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२० अंक बढेको छ ।

आज प्रि ओपन सेसनमा ६ स्टकको २ लाख १३ हजार १७६ रुपैयाँ ५९ पैसा बराबरको ५८८ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ३ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया