काठमाडौं - नेपालको सेयर बजारमा डेरिभेटिभ मार्केट सञ्चालन गर्ने विषयमा अध्ययन गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विज्ञसँग छलफल गर्ने भएको छ ।
आजबाट ‘पोसिबिलिटी अफ फाइनान्सियल डेरिभेटिभ इन नेपाली क्यापिटल मार्केट वर्कसप’लाई सम्बोधन गर्दै डेरिभेटिभ मार्केट सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रविधि भित्र्याउने विषयमा अध्ययन गर्न विज्ञहरुसँग छलफल गर्न लागेको नेप्सेले जनाएको छ ।
नेप्सेका सीईओ कृष्णबहादुर कार्कीले बीएसईको सहकार्यमा सम्भावना र चुनौतीका बारेमा विज्ञसँग दुई दिनको छलफल राखिएको बताए । अक्सन मार्केटको प्रक्रिया पनि अगाडि बढाइसकेको उनले बताए बताए ।
प्रतिक्रिया