काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ भर्दा लाग्ने सी–आस्बा शुल्क घटाउने तयारी गरेको छ ।
सेबोनको आइतबार बसेको सञ्चालक समितिको बैठकमा सी–आस्बा शुल्क घटाउने प्रस्तावमाथि छलफल भएको बैठकमा सहभागी एक अधिकारीले बताए ।
ती अधिकारीले सी–आस्बा शुल्क घटाउने निर्णय छिट्टै गरी कार्यान्वयनमा ल्याइने बताए । उनका अनुसार सेबोनले सी–आस्बा शुल्क अधिकतममा ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गर्नेछ ।
हाल यस्तो शुल्क अधिकतममा १०० रुपैयाँ लिन पाउने व्यवस्था छ । अहिले ४ वटा वाणिज्य बैंकहरुले निःशुल्क रुपमा सी–आस्बा सेवा प्रदान गर्दै आएका छन् भने बाँकी १० रुपैयाँदेखि १०० रुपैयाँसम्म सी–आस्बा शुल्क उठाउँदै आएका छन् ।
लामो समयदेखि लगानीकर्ताहरुले सी–आस्बा सेवा निःशुल्क हुनुपर्ने माग गर्दै आएका छन् ।
प्रतिक्रिया