आज ३० प्रतिशत बोनस सेयर पारित गर्दै नागरिक लगानी कोष

३ बर्ष अगाडि

काठमाडौं - नागरिक लगानी कोष (सीआईटी) को २७औँ वार्षिक साधारणसभा आज बस्ने भएको छ । सभा काठमाडौंको बानेश्वरस्थित सीआईटीको केन्द्रीय कार्यालयमा अपराह्न ३ बजेबाट सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल ३१.५७८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश छन् । 

सोही सभाले सीआईटीको उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ । 

लाभांश र सभा प्रयोजनका लागि सीआईटीले गत साउन २५ गते बुक क्लोज गरिसकेको छ । यसको अर्थ साउन २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै सीआईटीको सभामा भाग लिन र लाभांश पाउन योग्य भएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया