काठमाडौं - महालक्ष्मी विकास बैंकले हरितालिका तीज–२०७९ का अवसरमा नारीलाई लक्षित गरेर ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको छ ।
भदौ महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मानस्वरुप निःशुल्क एटीएम कार्ड तथा मोबाइल बैंकिङका साथसाथै लकर सेवामा ५० प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ ।
विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्घ रहिआएको बैंकले नारीहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै नारी सम्मान अभियान ल्याएको हो । देशैभर छरिएर रहेका १०३ शाखामार्फत यो खाता खोल्न सकिने बैंकले जनाएको छ ।
प्रतिक्रिया