काठमाडौं - लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट र कोष प्रवर्द्धक लक्ष्मी बैंक रहेका ‘लक्ष्मी उन्नति कोष’ र ‘लक्ष्मी इक्विटी फन्ड’ले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम रहेको हो ।
यी दुवै योजनाको लाभांश वितरणार्थ क्यापिटलले भोलि भदौ ७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यसको अर्थ आजसम्म कायम इकाइधनीहरुमात्रै यी दुवै योजनाको लाभांश पाउन योग्य हुनेछन् ।
यी दुवै योजनाले आफ्ना इकाइधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेका छन् ।
प्रतिक्रिया