नेपाल फाइनान्सको सवा ११ लाख कित्ता बढी सेयरमा आजसम्म मात्र बोलपत्र पेस गर्न सकिने, न्यूनतम मूल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल फाइनान्स लिमिटेडको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले गत साउन २३ गतेबाट सवा ११ लाख कित्ता बढी सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ ।

कम्पनीले कुल ११ लाख ३४ हजार ७१६.१८७ कित्ता संस्थापक सेयर बिक्री राखेको छ । यसअघि पनि कम्पनीले गत असार १७ गतेदेखि असार २४ गतेसम्म संस्थापक सेयर लिलामीमा राखेको थियो।  

त्यतिबेला बिक्री नभएको उक्त सेयर कम्पनीले पुनः लिलामीमा राखिएको हो । यो लिलामी सेयरमा जोकोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम १० अंकले भाग जाने गरी सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया