प्रचण्ड र नेपाल देउवाकोमा कमैया बसे : योगेश भट्टराई

३ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले देशलाई खण्डित गरेको र असंवैधानिक गठबन्धन गरेको बताएका छन् । 

प्रेस चौतारी रामेछापले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै भट्टराईले यो सरकारले नागरिकता जस्तो कुरामा बल मिचाइँ गरेर विधेयक अगाडि बढाएर ठूलो गल्ती गरेको बताए ।

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाकोमा कमैया बसेको टिप्पणी सामेत गरेका छन् ।

प्रचण्ड र नेपाल देउवाको कमैयाबाट नछुटुन्जेल वाम एकताको सम्भावना नरहेको उनले बताए । कमैया र हलिया प्रथाको आन्दोलन गरेका मान्छेहरूनै आफैं कमैया बसेको भट्टराईको टिप्पणी छ । 

एमालेको अहिलेको प्राथमिकता निर्वाचन भएकाले कुनै दलसँग गठबन्धनको प्रस्ताव नगरेको पनि भट्टराईले बताए । मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेले आफ्नो घोषणा पत्र तथा समानुपातिकतर्फको नामावली तयार गरेर समयमै बुझाउने तयारी गरेको पनि भट्टराईले जानकारी दिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया