काठमाडौं - लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सहज रुपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले भदौ ५ गतेदेखि इनरुवा शाखा कार्यालय स्थानान्तरण गरेको छ ।
साबिकको इनरुवा शाखाभन्दा करिब १०० मिटर दक्षिणतर्फ रहेको नयाँ भवनमा शाखा स्थानान्तरण गरेको हो । उक्त शाखा सुनसरीको इनरुवा नगरपालिका–१ देवानगन्ज रोडस्थित गोलचोकमा स्थानान्तरण भएको छ ।
बैंकको स्थानान्तरित इनरुवा शाखाको उद्घाटन इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले गरे । बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया