पिपुल्स पावरको आईपीओमा अन्तिम दिन सम्ममा ७.९४ गुणाले ओभरसब्सक्राइब्ड

३ बर्ष अगाडि

काठमाडौं - पिपुल्स पावर लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिन आइतबार साँझसम्म ७.९४ गुणाले ओभरसब्सक्राइब्ड भएको छ । 

यो कम्पनीले गत साउन ३१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । यसमा आज बैंकिङ समसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो । कम्पनीले १०० अंकित दरका कुल २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ बिक्री खुला गरेको हो । 

कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन् । 

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो कम्पनीको आईपीओमा १६ लाख ६ हजार ११० आवेदकबाट कुल १ करोड ८२ लाख १९ हजार ७० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ । जुन मागभन्दा ७.९४ गुणाले बढी हो । 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसअनुसार भाग्यमानी २ लाख २९ हजार ४६८ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् । तिनै भाग्यमानीमध्ये २ जनाले थप १–१ कित्ता सेयर पाउनेछन् ।

आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडले रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया