बरुण हाइड्रोको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद आजबाट निष्कासनमा आयो, साउन १ गतेसम्म कायम शेयरधनीहरुले आवेदन दिन सक्ने

३ बर्ष अगाडि

काठमाडौं - बरुण हाइड्रोपावर लिमिटेडले आजदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो ।

यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद जारी गरेको हो ।

हकप्रद निष्काशनका लागि कम्पनीले साउन २ गते शेयर दाखिला खारेजी ९बुकक्लोज० गरेको थियो । यसअनुसार साउन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

हकप्रदमा आरबिबि मर्चेन्ट बैंकिङ्ग र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत भदौ २६ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया