नेपाल लाइफद्धारा १३ लाख ९४ हजार  मृत्यु बीमा दाबी बापतको रकम भुक्तानी

३ बर्ष अगाडि

काठमाडौं, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी बापतको रकम भुक्तानी गरेको छ । 

कम्पनीको गल्कोट उपशाखाले गल्कोट नगरपालिका वडा नं. ६ निवासी बीमित भुमबहादुर पुन थापाको मृत्युपछि उनकी श्रीमति राधिका केसी पुन थापालाई बीमा दाबी वापतको १३ लाख ९४ हजार ५ सय पचास रुपैयाँ भुक्तानी गरेको हो ।

भुमबहादुर पुन थापाले ३ बर्ष पहिले नै १५ लाख बिमाङ्कको १६ बर्ष अवधिको जीवन बीमा गराएका थिए । उनले श्रीमान श्रीमति दुबैको जोकिम वहन हुने जीवन सारथि जीवन बीमा खरिद गरेका थिए । थापाको १ महिना पहिलेनै मृत्यु भएपछी कम्पनिले घरमै गएर सो रकम बराबरको चेक मृतक थापाकी श्रीमतीलाइ हस्तान्तरण गरेको हो । कम्पनीले चौथो किस्ता बुझाउन बाक्की रकम कटाएर उक्त मृत्यु दाबी भुक्तानी वापतको रकमको चेक एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको थियो ।

श्रीमान श्रीमतिको संयुक्त जीवन बीमा भएकाले पनि आगामी १२ बर्षमा बुझाउने वार्षिक किस्ता वापतको रकम १२ लाख २९ हजार ४ सय रुपैयाँ बुझाउन नपर्ने, मृतककी श्रीमती थापाको सम्पुर्ण जोखिम वहन हुने र बीमा अवधी सकिएपछी परिवारले बीमाङ्क रकम १५ लाख र १६ वर्षको कम्पनिले दिने बोनस रकम पाउनेछ ।

रकम हस्तान्तरण गर्दै गल्कोट उपशाखा प्रबन्धक ज्ञानु कुवरले मृत्यु दाबी भुक्तानी बापतको रकम र परिवारले आगामी दिनहरुमा पाउने सुबिधाको बारेमा जानकारी दिएका थिए ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया