काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । पि–ओपनिङ सेसनमा करिब २ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक कारोबारको अन्तिम समयसम्म आइपुग्दा ७.७२ अंकले घटेर २०६०.५५ को विन्दुमा पुगेको छ ।
आज नेप्सेमा ५३ लाख ३९ हजार ४ कित्ता शेयर खरिदबिक्री हुदाँ २ अर्ब ४ माथिको कारोबार हुन पुगेको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक रिडी हाइड्रोपावरको १२ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्से ओरालो लागेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन श्वेतगंगा हाइड्रोपावर र सोल्टी होटलको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको रिभर फल्स पावर कम्पनी र हिमालयन हाइड्रोपावरको शेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीकोा यस दिन १२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन अपि पावरको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको घटेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको हो। यता जलविद्युत, अन्य र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।
प्रतिक्रिया