दुई हाइड्रोपावरको शेयरमा सर्किट,अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

३ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । पि–ओपनिङ सेसनमा करिब २ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक कारोबारको अन्तिम समयसम्म आइपुग्दा ७.७२ अंकले घटेर २०६०.५५ को विन्दुमा पुगेको छ ।

आज दुई हाइड्रोपावरको शेयरमा सकरात्मक सर्किट लागेको छ । मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको शेयर ९.९८ प्रतिशतले बढेको हो । 

त्यस्तै, एनएमबि ५० को ४ प्रतिशत, श्वेत गंगा हाइड्रोपावरको ३.५६ प्रतिशत र सोल्टी होटलको ३.३१ प्रतिशतले शेयरमूल्य बढ्न पुगेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया