काठमाडौं- साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । पि–ओपनिङ सेसनमा करिब २ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक कारोबारको अन्तिम समयसम्म आइपुग्दा ७.७२ अंकले घटेर २०६०.५५ को विन्दुमा पुगेको छ ।
आज नेप्से घटेसँगै शेयरबजारमा २ अर्ब माथिको कारोबार हुन पुगेको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक रिडी हाइड्रोपावरको १२ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, अपि पावरको १० करोड, नेष्डो समृद्ध लघुवित्तको ७ करोड ५१ लाख, एनटिसीको ६ करोड ५४ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ४ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
प्रतिक्रिया