काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणहरुको हितलाई मध्यनजर गरी “एक्सेल समृद्घि बचत खाता” सञ्चालनमा ल्याएको छ ।
यसबचत खातामा वार्षिक ९.०५ प्रतिशत ब्याजदर प्राप्त गर्न सकिनेछ । न्यूनतम रु २ हजारमा खाता खोल्न सकिनेछ भने ब्याज मासिक रुपमा प्राप्त हुनेछ । यो बचत खाता सबै उमेर समूहका नेपाली नागरिकहरुले खोल्न सक्ने बैंकले जनाएको छ ।
“तपाइँको स्थानीय साझेदार” को नारा लिएको यो बैंकले स्थानीयस्तरमा बचत गर्ने बानी बसाउनका लागि उच्च प्रतिफल दिने एक्सेल समृद्धि बचत खाताका खातावालाहरुलाई विभिन्न बैंकिङ सुविधासमेत उपलब्ध गराउने छ । जसअन्तर्गत निःशुल्क मोबाइल बैंकिङ, एटीएम कार्ड, चेकबुक, अन्य बैंकका एटीएमबाट रकम निकाल्दा शुल्क मिनाहाका साथै ग्राहकको अनुरोधमा होम बैंकिङको सुविधा पनि उपलब्ध हुनेछ ।
हाल बैंकले वैदेशिक विप्रेषणलाई प्रोत्साहन गर्न बार्षिक १०.०५ प्रतिशत व्याज प्राप्त हुने रेमिट बचत खाता र वार्षिक १३.०५ प्रतिशत ब्याज प्राप्त हुने रेमिट मुद्दति खातासमेत सञ्चालन गरिरहेको छ । यसका अतिरिक्त १० वर्षमा ३ गुना तथा १५ वर्षमा ५ गुना हुने मुद्दति निक्षेपहरु पनि सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया