काठमाडौं - माछापुच्छ्रे बैंक र फ्री एजुकेसनल कन्सल्टेन्सिज अर्गनाइजेसनल नेपाल (फेकन) बीच विशेष बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी व्यवसायिक सम्झौता भएको छ ।
सम्झौतापत्रमा फेकनका तर्फबाट अध्यक्ष बासु नेपाल तथा माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत टीका भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात फेकनमा आवद्ध कन्सल्टेन्सीहरुलाई बैंकले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ सेवा सरल र सहज रुपमा उपलब्ध गराउनेछ।
बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघ तथा संघमा आबद्ध कन्सल्टेन्सीहरुलाई निक्षेप खाता, शैक्षिक कर्जा तथा अन्य बैंकिङ सुविधाहरुमा विशेष सहुलियत प्रदान गर्नेछ ।
यसका साथै उक्त सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले फेकनसँग आबद्ध कन्सल्टेन्सीहरुबाट सजिलै शैक्षिक शुल्क भुक्तानी गर्न सक्नेछन् ।
प्रतिक्रिया