काठमाडौं - बीमा समितिले लघुबीमाको लाइसेन्स खुल्ला गर्ने निर्णय गरेको छ । यसै साता बीमा समितिले लघुबीमाको लाइसेन्स खुल्ला गर्ने निर्णय गरेको हो ।
बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सञ्चालक समितिबाट लघु बीमाको लाइसेन्स खुल्ला गर्ने निर्णय गराएको बीमा समितिका एक उच्च अधिकारीले पुष्टि गरेका छन् ।
बीमा समिति स्रोतका अनुसार दुई दिन पहिले बीमा समितिबाट नयाँ लघुबीमाको लाइसेन्स खुल्ला गर्ने निर्णय गरेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा समिति, सञ्चालक समितिको उक्त निर्णय माईन्यूट गरेको समिति स्रोतले जनाएको छ ।
बीमा समितिले लघुबीमाको लाइसेन्स खुल्ला गर्ने निर्र्णयसँगै अब पत्रिकामा सार्वजनिक सूचना प्रकाशन गरी लघुबीमाको लाइसेन्स लिन चाहनेलार्ई निवेदन दर्ता गर्न आह्वान गरिनेछ ।
प्रतिक्रिया