काठमाडौं - मुक्तिनाथ क्यापिटलले साउन १ गतेदेखि बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने समय लम्बिएको छ । कम्पनीले निष्कासन गरेको हकप्रद शेयरमा अब भदौ १९ गतेसम्म आवेदन दिन सकिने भएको हो ।
क्यापिटलको २०७८ कार्तिक २३ गते सम्पन्न विशेष साधारण सभाबाट पारित भए बमोजिम साविक शेयरधनीहरुलाई १ शेयर बराबर १ शेयरको अनुपातमा प्रतिशेयर १ सय रुपैयाँ अंकित दरमा २० लाख २५ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।
उक्त शेयरमा आवेदन दिने आज अन्तिम दिन भएता पनि शेयरधनीहरुको अनुरोधलाई ध्यानमा राखी आवेदन दिने समय थपिएको क्यापिटलले एक सूचना जारी गर्दै जनाएको छ ।
प्रतिक्रिया