काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आजबाट निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले उक्त तालिम आज भदौ ५ गतेदेखि भदौ ८ गतेसम्म संचालन गर्न लागेको जनाएको छ ।
कम्पनीले उक्त तालिम भर्चुअल माध्यमबाट संचालन गर्न लागेको जनाएको छ । ईच्छुक व्यक्तिले ५ सय रुपैयाँ लाग्ने जनाएको छ । तालिम बिहान १० बजेदेखि साझ ४ बजेसम्म संचालन गर्नेछ ।
तालिममा ३० जनाभन्दा बढी सहभागी गराउन नसकिने हुँदा छिटो दर्ता हुनेलाई प्राथमिकतामा राखी तालिममा सहभागी गराउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया