काठमाडौं - सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गर्दैछ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको १० प्रतिशत अर्थात ३६ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।
सो शेयरमा अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं. ५ चिलिमे, प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाटादिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरुका बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
निष्कासन गरिएको कुल १० प्रतिशत शेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र, सामान्य प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि क्रमशः ४.२५ः३ः१.५ः१ अनुपातमा बाँडफाँड गरिने जनाएको छ ।
निष्कासन बन्द छिटोमा भदौ १९ गते हुनेछ भने ढिलोमा असोज ४ गते हुनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
सो आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ७०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ ।
यस्तै सह निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड रहेका छन् ।
प्रतिक्रिया