श्रीलङ्काका पूर्व राष्ट्रपति गोताबाया राजापाक्षले दिए पुन : अमेरिका जान आववेदन

३ बर्ष अगाडि

श्रीलङ्काका पूर्व राष्ट्रपति गोताबाया राजापाक्षले विभिन्न खाले विकल्पहरु सकिदै गएपछि पुन : अमेरिका जान आववेदन दिएका छन् ।

समाचारस्रोतहरुले अमेरिका वस्ने उद्धेष्यले उनले ‘ग्रिनकार्ड’ का लागि आवेदन दिएको उल्लेख गरेका छन् । गत जुलाईमा भएको आन्दोलनका कारण मुलुक छाडेर भागेका गोताबायाले अमेरिका बस्नेगरी आवेदन फाराम भरेको स्रोतलाई उद्धृत गर्दै श्रीलंकन अनलाइन न्यूज पोर्टलले डेलिमिररले आफ्नो वेबसाइटमा समाचार छापेको छ । उनले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिएका छन् ।

पूर्व राजदूत उदयाङगा विरातुङ्गाले पनि उनी अमेरिका जाने तयारीमा रहेको बताएका छन्। पूर्व राष्ट्रपति गोताबायासँग निकट मानिने विरातुङ्गाले थाइल्याण्ड फर्किने उनको योजना रद्द भइसकेको पनि बताएका छन् । गोताबाया ९० दिन थाइल्याण्डमा बस्ने योजना भए पनि उनले त्यहाँ शरण नखोजेको राजनीतिक स्रोतहरूले बताएका छन् । थाइल्याण्डले दिएको ९० दिनको भिसा नोभेम्बरमा सकिन्छ ।

तर कानून व्यवसायीहरुसँगको परामर्शपछि उनी यही महीनाको अन्त्यमा श्रीलङ्का फर्किने निर्णयमा पुगेको भन्दै यसअघि समाचारहरु सार्वजनिक भएका थिए । उच्च श्रोतहरुलाई उल्लेख गर्दै भन्दै बिजनेश स्टायण्डर्डले छापेको समाचारमा गत महीनादेखि नै उनले अमेरिका जाने प्रक्रिया शुरु गरेको उल्लेख छ । 

उनीहरुको यस प्रक्रियामा कोलम्बो र अमेरिकामा रहेका कानून व्यवसायी संलग्न भएर काम गरिरहेका छन भने कोलम्बोबाट पनि विभिन्न कागजपत्रहरु प्रयोग गरिएका छन् ।     

३ बर्ष अगाडि

प्रतिक्रिया