काठमाडौं - गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ वटा निर्जीवन बीमा कम्पनीहरुले सबैभन्दा धेरै दाबी भुक्तानी गरेका छन् । जसमा शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र नेको इन्स्योरेन्स रहेको छन् ।
१. शिखर इन्स्योरेन्स
अवधिमा सबैभन्दा धेरै दाबी भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । यस अवधिसम्म कम्पनीले ९७ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ९ प्रतिशतले बृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले ८९ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
२. सगरमाथा इन्स्योरेन्स
सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद दाबी भुक्तानी ४६ प्रतिशतले बृद्धि गरेको छ ।
यस अवधिसम्ममा कम्पनीले ९५ करोड ६१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
३. नेको इन्स्योरेन्स
नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ८४ करोड ३६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ३४ प्रतिशतले बढी हो ।
प्रतिक्रिया