काठमाडौं - गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ वटा निर्जीवन बीमा कम्पनीको खुद दाबी भुक्तानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
१. नेपाल इन्स्योरेन्स
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपाल इन्स्योरेन्स कम्पनीको खुद दाबी भुक्तानी ९ प्रतिशतले घटेको हो ।
अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २७ करोड ९९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेकोमा यस समिक्षा अवधिमा कम्पनीले २५ करोड ३२ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको छ ।
२. राष्ट्रिय बीमा कम्पनी
राष्ट्रिय बीमा कम्पनीको पनि खुद दाबी भुक्तानी घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ५ प्रतिशतले घटेको हो ।
अघिल्लो आर्थिक वर्षको यस अवधिमा ४ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेकोमा यस अवधिमा कम्पनीले ४ करोड २ लाख मात्र दाबी भुक्तानी गरेको छ ।
३. प्रभु इन्स्योरेन्स
प्रभु इन्स्योरेन्सको खुद दाबी भुक्तानी अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशतले कमी हो ।
अघिल्लो आर्थि कवर्षको यस अवधिमा कम्पनीले २० करोड ३९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेकोमा यस अवधिमा कम्पनीले १९ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
४. हिमालयन जनरल इन्स्योरेन्स
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको खुद दाबी भुक्तानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ प्रतिशतले कमी हो ।
अघिल्लो आर्थिक वर्षमा १९ करोड ८७ लाख खुद दाबी भुक्तानी गरेको कम्पनीले यस अवधिमा १८ करोड २७ लाख मात्र भुक्तानी गरेको छ ।
प्रतिक्रिया