काठमाडौं - मेरो बीमा कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै आइटी अफिसरदेखि विभिन्न पदका लागि ९ जना कर्मचारीको माग गरेको हो ।
सुचना अनुसार कम्पनीले आइटी अफिसरमा एक जना कर्मचारीको माग गरेको छ । एक वर्ष आइटी क्षेत्रमा काम गरेका र बीआइएम, बीसिआइएस तथ बीआइटी अध्ययन गरेकाले यो पोष्टका लागि दर्खास्त दिन सक्नेछन् ।
साथै एमबीए, एमबीएस गरेका र २ बर्ष सम्बन्धित क्षेत्रमा काम गरेका इच्छुक व्यत्ति मार्केटिङ हेडका लागि दरखास्त दिन सक्नेछन् ।
कम्पनीले ५ जना मार्केटिङ अफिसरको माग गरेको छ । जसमा १ वर्ष सोही क्षेत्रमा काम गरेको र बीबीए, बीबीएम र बीबीएस अध्ययन गरेकाले दर्खास्त दिन सक्नेछन् ।
साथै बिक्रि कार्यका लागि २ जनाको माग भएको हुँदा एमबीए, एमबीएस गरेकाले दर्खास्त दिन सक्नेछन् । साथै दुई वर्ष अनुभव भएकालाई विशेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।
साथै चालक अनुमति पत्र पनि अनिवार्य रहेको छ ।

प्रतिक्रिया