विश्वभरका लगानीकर्ताहरु निराश भएको समयमा भारतीय लगानीकर्ताहरुलाई मनग्य आम्दानी

३ बर्ष अगाडि

एजेन्सी - सेयर बजारलाई लिएर विश्वभरका लगानीकर्ताहरु निराश भएको समयमा भारतीय लगानीकर्ताहरुले मनग्य आम्दानी गरिरहेका छन् ।

भारतीय सेयरसूचाङ्क पाँच हप्तासम्म लगातार बढ्दा भारतीय लगानीबर्ताहरु हर्षित भएका हुन् । नेशनल स्टक एक्सेन्जको निफ्टी ५० सूचाङ्क आज ०.०२ प्रतिशतले बढेको छ भने बम्बई स्टक एकसेञ्जको सेयर सूचाङ्क एसएण्डपी सेन्सेक्स ०.०३ प्रतिशतले बढेको छ । 

यी दुवै सेयर सूचाङ्क सातामा १.४ प्रतिशतले बढिरहेका छन् । यसैगरी निफ्टी आइटी सूचाङ्क पनि दुई महिनाकै उच्च १.५ प्रतिशतले बढेको छ ।

सेयर बजार बढेपछि कम्पनीहरुको भ्यालुएसन बढेको र पाँच हप्तासम्म लगातार बजार बढेपछि घट्ने आंकलन गर्दै लगानीकर्ताहरुले नाफा सुरक्षित गर्न लागेको जियोजीत फाइनान्सियल सर्भिसेसका प्रमुख लगानी रणनीतिज्ञ बी.के. विजय कुमारले बताएका छन् ।

भारतीय सेयरबजार बढिरहँदा एशियाली सेयरबजार भने आरालो लागेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया