यो साता नेप्सेमा एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको मूल्य समायोजन

३ बर्ष अगाडि

काठमाडौं - यो साता एनएमबि म्युचुअल फन्डअन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको इकाइमूल्य नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०समायोजन भएको छ । 

नेप्सेले मूल्य समायोजन गर्दै प्रतिइकाइ एनएमबि हाइब्रिड फन्ड एल–१ को ९.७८ रुपैयाँ र एनएमबि फिफ्टीको १०.४९ रुपैयाँ कायम गरेको छ । यसअघिको अन्तिम कारोबार मूल्यअनुसार क्रमशः ११.८९ रुपैयाँ र १२.६० रुपैयाँ रहेको थियो । अब समायोजित मूल्यअनुसार यी दुवै योजनाका इकाइहरु कारोबारमा आउनेछन् ।

यी दुवै फन्डले आर्थिक वर्ष २०७८–७९ का लागि योजनाका इकाइधनीहरुलाई समान २१.०५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् । यी योजनाको नगद लाभांश वितरण प्रयोजनार्थ आज साउन ३१ गते बुक क्लोज गरिएको छ । 

यसको अर्थ साउन ३० गतेसम्म कायम इकाइधनीले मात्र यी दुवै योजनाका नगद लाभांश पाउनेछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया