आगामी मंसिर ४ गते हुन लागेको संघीय तथा प्रदेश निर्वाचनमा नेकपा एकीकृत समाजवादीले ताप्लेजुङ जिल्लाबाट सर्वसम्बत उम्मेदवारको सिफारिस गरेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका नेकपा एसका जिल्ला अध्यक्ष छिरिङ लामाका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ हर्क यक्सो, कल्पना तुम्बाहाम्फे र मुकुन्द भट्टराई रहेका छन् ।
यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ अम्बिका राजभण्डारी, डम्बरबहादुर तुम्बाहाम्फे र त्रिलोचन गुरागाँईलाई सिफारिस गर्ने निर्णय भएको छ ।
यस्तै प्रदेश निर्वाचन क्षेत्र नं। ‘क’ मा शम्भु गौतम, डालकुमार गुरुङ, सुनिता मादेनलाई सिफारिस गरेको छ। क्षेत्र नं। ‘ख’ मा खेमबहादुर वनेम, मञ्जु भट्टराई र ठाकुर सिंह नाल्बोलाई सिफारिस गरेको छ ।
प्रदेश समानुपातिकतर्फ निता शिवा, रामचन्द्र पोमु, देवीमाया नेपाली र अम्बर लोहारको नाम पठाइएको छ ।
प्रतिक्रिया