३ कम्पनीको आईपीओसहित ५ कम्पनीको शेयर नेप्सेमा सूचिकृत, कुनको कति ?

३ बर्ष अगाडि

काठमाडौ - यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको आईपीओसहित ५ कम्पनीको शेयर सूचिकृत भएको छ । 

मन्दाकिनी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन र अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीको आईपीओ, रिडि पावरको शेयर र सिद्धार्थ बैंकको ऋणपत्रको सूचिकृत भएको हो । 

 सूचीकृत भएको हो । सूचीकृत भएसँगै भदौ १ गते अर्थात आजदेखि कम्पनीको शेयर कारोबार गर्न सक्ने भएको छ ।

१. मन्दाकिनी हाइड्रोपावर
मन्दाकिनीको ५८ लाख ८० हजार ३६९ कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको छ । 

कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुलाई निष्कासन गरेको ५ लाख ८८ हजार ३७ कित्ता, सर्वसाधारणका लागि निष्कासन गरेको ११ लाख ७६ हजार ७३ कित्ता र संस्थापकहरुले लगानी गरेको ४१ लाख १६ हजार २५९ कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचिकृत भएको हो । 

२. श्वेतगंगा हाइड्रोपावर
श्वेतगंगाको १ करोड ५९ लाख ३० हजार कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको छ । 

कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूलाई निष्कासन गरेको १५ लाख ९३ हजार कित्ता, सर्वसाधारणका लागि निष्कासन गरेको ३१ लाख ८६ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १ करोड ११ लाख ५१ हजार कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो । 

३. अपर सोलु हाइड्रो
अपर सोलुको १ करोड ३५ लाख कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको छ । 

कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुलाई निष्कासन गरेको १३ लाख ५० हजार कित्ता, सर्वसाधारणका लागि निष्कासन गरेको १९ लाख ५७ हजार ५०० कित्ता र संस्थापकहरुले लगानी गरेको १ करोड १ लाख ९२ हजार ५०० कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचिकृत भएको हो । 

४. रिडि पावर
रिडि पावर कम्पनी लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचिकृत भएको छ । साविकको रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनीबीच बीच मर्जर पश्चात कायम शेयर नेप्सेमा सूचिकृत भएको हो ।

मर्जर पश्चात बनेको रिडि पावर कम्पनी लिमिटेडको नाममा १ करोड १० लाख ६३ हजार ५८० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।

५. सिद्धार्थ बैंक
सिद्धार्थ बैंकको डिबेन्चर २०८९ नेप्सेमा सूचिकृत भएको छ ।  

बैंकको १० वर्षे अवधि भएको ‘१०।७५ प्रतिशत एसबिएल डिबेन्चर ९ऋणपत्र० २०८९’ ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा थपिएको हो ।

बैंकले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल मार्फत उक्त ऋणपत्र सर्वसाधारणका लागि खुल्ला बिक्री आव्हान गरेको थियो । 

 
 
 

३ बर्ष अगाडि

प्रतिक्रिया