फिनल्याण्डकी प्रधानमन्त्रीद्धारा लागुऔषध सेवन गरेको आरोप अस्वीकार

३ बर्ष अगाडि

एजेन्सी - फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले एउटा पार्टीमा नाचगान गरेको भिडियो भाइरल भएपछि लागुऔषध सेवन गरेको आरोप अस्वीकार गरेकी छन् । तर, ‘कुनै शंका हटाउन’ उनको औषधि परीक्षण गरिएको छ ।

सन्ना मरिन प्रधानमन्त्री भएदेखि नै उनको पार्टीको लगावका कारण बारम्बार आलोचना हुने गरेकी छिन् । संगीत समारोहमा भाग लिएको उनको तस्बिर धेरै पटक सार्वजनिक भइसकेका छन् । पछिल्लो भाइरल भिडियोमा उनी फिनल्याण्डका पपस्टारसँग पनि नाच्दै थिइन् ।

यद्यपि यसका लागि धेरैले उनको तारिफ पनि गरिरहेका छन् । जर्मन समाचार संस्था बिल्डले उनलाई विश्वकै ‘कुलेस्ट’ प्रधानमन्त्रीको संज्ञा दिएको छ ।

सन्ना मरिन​को कार्यकालमा फिनल्याण्डले धेरै चुनौतीको सामना गरेको छ । सबैभन्दा पहिले कोरोना महामारीका कारण देशले धेरै समस्या झेल्नुपरेको थियो भने युक्रेनमा रुसको आक्रमणले फिनल्याण्डको चुनौती पनि बढाएको छ ।

३६ वर्षीया सन्ना मरिन करिब साढे दुई वर्षअघि फिनल्याण्डकी प्रधानमन्त्री हुँदा उनी विश्वकै कान्छी प्रधानमन्त्री थिइन् । देशको राजनीतिक इतिहासमा उनी प्रधानमन्त्री बन्ने सबैभन्दा कान्छी व्यक्ति हुन् ।

देशको सत्ता आफ्नै हातमा लिन मरिनले केन्द्र र वाम विचारधाराका दलहरूबीच महत्वपूर्ण गठबन्धन बनाएकी थिइन्  । यो गठबन्धनमा थप चार जना महिला नेताहरू समावेश छन्, जसमध्ये एकजना मात्रै ३५ वर्षभन्दा माथिकी छिन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया