नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुमा नेको इन्स्योरेन्स अब्बल सावित

३ बर्ष अगाडि

काठमाडौं - नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुमा नेको इन्स्योरेन्स अब्बल सवित भएको छ । चुक्ता पूँजी सबै भन्दा धेरै रहेको शिखर इन्स्योरेन्सलाई अधिकाँश शिर्षकमा उछिन्दै नेकोले आफुलाई अब्बल सवित गरेको हो ।

गत अर्थिक वर्षको चौथो त्रैमाससम्ममा शिखरले चुक्ता पूँजी र कुल बीमाशुल्कमा मात्रै आफ्नो अग्रता जोगाउन सकेको छ । खुद बीमाशुल्क र नाफा आर्जनमा पहिलो बनेको नेकोले शिखरलाई कुल बीमाशुल्क आर्जन र खुद नाफामा भने पछाईरहेको छ ।

सबै भन्दा कम खुद बीमाशुल्क आर्जन गर्नेमा जनरल इन्स्योरेन्स कम्पनी रहेको छ भने कम खुद नाफा आर्जन गर्नेमा साविकको एभरेष्ट इन्स्योरेन्स रहेको छ ।

शिखर इन्स्योरेन्सको चुक्ता पूँजी सबैभन्दा धेरै २ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने सबैभन्दा कम चुक्ता पूँजी भने राष्ट्रिय बीमा कम्पनीको २६ करोड ६६ लाख रुपैयाँ मात्रै रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया