प्राइम कमर्सियल बैंकबाट आईपीओ भर्दा सतप्रतिशत शुल्क तिर्नुपर्ने

३ बर्ष अगाडि

काठमाडौं - प्राइम कमर्सियल बैंकले आईपीओ भर्दा लाग्ने सी–आस्बा सेवा शुल्क सतप्रतिशत वृद्धि गरेको छ । 

प्राइम बैंकले एक सूचना प्रकाशित गरी सी–आस्बा शुल्क बढाइएको जानकारी गराएको हो । बैंकले गत साउन २५ गतेबाट सी–आस्बा शुल्क बढाएको छ ।  

यसअघि प्राइम बैंकले सी–आस्बा सेवाबापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो । अहिले बैंकले बढाएर यो सेवाको शुल्क २० रुपैयाँ पुर्याएको छ । 

हाल वाणिज्य बैंकहरुमध्ये ४ वटाले मात्रै यो सेवा निःशुल्क उपलब्ध गराइरहेका छन् । यसरी निःशुल्क सी–आस्बा सेवा उपलब्ध गराउनेमा नबिल बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक र कुमारी बैंक छन् । 

अन्य सबै बैंकले १० रुपैयाँदेखि १०० रुपैयाँ सी–आस्बा शुल्क लिँदै आएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया