काठमाडौं - बाँकेलाई केन्द्रबिन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प गएको छ ।
गएराति १ बजेर २८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का बाँकेसहित पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए ।
मध्यराति भूकम्प गएपछि नागरिक घरबाहिर निस्किएका थिए ।
प्रतिक्रिया