एजेन्सी - जियोको टुमारो होल्डिङ समुहले ५५.०३ बिलियन युआन अर्थात् ८.०९ बिलियन अमेरिकी डलरको जरिवाना तिर्नुपर्ने भएको छ । जियो एण्ड टुमारोले वित्तिय व्यवस्थापन आदेशको गम्भिर उल्लंघन गरेको र राज्यको वित्तिय सुरक्षालाई चोट पुर्याएको भन्दै शांघाई फर्स्ट इंटरमिडिएट अदालतले यस्तो फैसला गरेको हो ।
चीनका चर्चित अर्बपति स्याओ चियानह्वालाई शुक्रबार १३ वर्षको जेल सजाय दिने फैसला गरिएको छ । हङकङमा टाइकन स्याओ चियानह्वा बेपत्ता भएको पाँच वर्षभन्दा धेरै समय भएपछि चीनले औपचारिक रुपमा जियोमाथि मुद्या चलाएको हो । उनी सन् २०१७को सुरूवातदेखि बेपत्ता भएका थिए । चियानह्वालाई हङकङको एक होटलको कोठाबाट अपहरण गरेर चीन लगिएको थियो ।
अदालतका अनुसार स्याओ र उनको कम्पनीले १० बिलियन डलर ठगीको अपराधमा पक्राउ गरिएको थियो । सन् २०२०कोमध्यतिर चीनका नियामकहरूले जियोसँग सम्बन्धित ९ वित्तिय संस्थाहरूमाथि नियन्त्रण गरेका थिए । नियामकहरूले आर्थिक स्थायित्व कायम गर्ने प्रयास गरिरहँदा सरकारले यस्तो कदम उठाएको हो । उनी बेपत्ता हुनु अघि द हुरून रिपोर्टले जियोलाई करिब ६ बिलियन डलरको मालिक हुन सकने बताइएको थियो ।
चीनका अनुसार जियो बेपत्ता भएपछि हङकङका व्यापार समुदायलाई झटका लागेको थियो । उनी हराउनुलाई यो शहर मूख्य भूमी सुरक्षाा उपकरणको पहुंचभन्दा बाहिर रहेको संकेत मानिएको थियो ।
प्रतिक्रिया