कामना सेवा विकास बैंकले ल्यायो मर्चेन्ट बोनस योजना

३ बर्ष अगाडि

काठमाडौं - कामना सेवा बिकास बैंकले आफ्ना फोनपे क्यूआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्नका लागि मर्चेन्ट बोनस योजना ल्याएको छ । 

यो योजना बैंकले आफ्नो फोनपे क्यूआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी लिन प्रेरित गर्नका लागि भदौ १ गतेदेखि सुरु गरेको हो । 

‘क्यूआर कारोबारमा बोनसको बहार, मर्चेन्टहरुलाई कामना सेवाको उपहार’ योजनाअन्तर्गत क्यूआर मर्चेन्टहरुले क्यूआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको १५५ वा रु। ५० सम्म बोनसबापत आफ्नो कामना सेवा बैंकमा रहेको आफ्नो खातामार्फत प्राप्त गर्न सक्नेछन् । 

बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो । यसका साथै यस योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेको ‘डिजिटल पेमेन्ट इअर’ लाई टेवा पुर्याउने बैंकले विश्वास लिएको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया