भारतीय लगानीकर्तालाई नेपालमा लगानी ल्याउन आह्वान

३ बर्ष अगाडि

काठमाडौं - सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरेका छन् । भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरुको स्वागतमा आयोजित एक कार्यक्रममा यस्तो आग्रह गरिएको हो ।

उद्योग मन्त्रालयको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले लगानीको सहजताका लागि कानूनी एवं प्रक्रियागत सुधार गरेको बताए । 

उनले चालु आर्थिक वर्षको बजेटले प्रत्यक्ष वैदेशिक लगानीको सीमा ५ करोडबाट घटाएर २ करोड कायम गरेको, एकद्धार नीति अबलम्बन गरेको जानकारी दिए । उनले नेपालको आर्थिक विकासका लागि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा गर्दै नेपालमा गरिने लगानीका लागि भारत एवं चीनलगायत प्रमुख बजार रहेको भन्दै लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरेका हुन ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतसँग राजनीतिकसँगै सामाजिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको वताउदै भारतीय लगानीकर्ताले निर्धक्क भएर लगानी गर्न सक्ने बताए । उनले भारतीय लगानीकर्ताका लागि नेपाल महत्वपूर्ण लगानी गन्तव्य मुलुक रहेको बताए ।

३ बर्ष अगाडि

प्रतिक्रिया