काठमाडौं, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बुटवल शाखाले घातक रोग बापतको रकम भुक्तानी गरेको हो ।
गत शुक्रबार कम्पनीले तिलोत्तमा नगरपालिका वडां नं ८ मा एक कार्यक्रम गरि तिलोत्तमा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलको उपस्थितिमा १० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।
तिलोत्तमा नगरपालिका वडां नं ८ निवासी अस्मिता गौतमले २०७८ कार्तिक महिनामा सिटिजन लाइफको बुटवल शाखाबाट बीमा शुल्क ६६ हजार १ सय ७८ रुपैयाँ रुपैयाँ बार्षिक बुझाउने गरि १० लाखको सिटिजन शुभारम्भ योजाना बीमा खरिद गरेकी थिइन् ।
कार्यक्रममा बुटवल शाखा प्रबन्धक पूर्ण चन्द्र सुवेदी , वरिष्ठ पत्रकार बिपि गौतम, सिटिजन स्टार राजेश थापा, एजेन्सी म्यानेजर आगात अर्याल, प्रेम राज न्यौपाने, नारायण थापा लगायत अन्य एजेन्सीहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया